निर्वाचनको मुखैमा डोटी काँग्रेस क्षेत्रीय समिति सचिव खड्काले काँग्रेस त्यागे

2,530

फाल्गुन १५, डोटी ।
नेपाली काँग्रेस डोटीका युवा नेता नरेश कुमार खड्काले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । निर्वाचन क्षेत्र ‘क’ स्तरीय क्षेत्रीय कमिटिका सचिव रहेका खड्काले आफ्नो फेसबुक पेजमार्फत अबदेखि स्वतन्त्र नागरिक भएर समाज सुधारको बाटोमा जाने उल्लेख गरेका छन् । उनले शुभचिन्तकको राय सुझाव समेतको अपेक्षा गरेका छन् ।May be an image of text that says 'एन बि खडका with 7 others. 12m X अब देखि नगरिक समाज सोतन्त्रता, भयेर समाज सुधारको बाटो तिर जाने मनसाय बोके शुभचिन्तक को राय सुझाब q 9 5'

२०७९ मा दिपायल सिलगढी नगरपालिकामा नेपाली काँग्रेसबाट बाजी सिं खड्काले नगर प्रमूखमा जितेपछि उनले नगर प्रमूखको स्वकीय सचिव रहेर करिब दुइ वर्ष जति काम पनि गरेका थिए ।
चुनावको बेला कुनै उम्मेदवारलाई धोका दिने र कुनै उम्मेदवारलाई सहयोग गर्न नभई चुनाव पूर्व नै स्वतन्त्र बन्न चाहेको नजर अनलाईनलाई बताए । यसका साथै काँग्रेसभित्रको असन्तुष्टी पनि आफुले पार्टी परित्याग गर्नुको कारण भएको उनले बताए ।
निर्वाचनमा आफुले मन पराएका उम्मेदवारलाई स्वतन्त्र मतदान गर्ने नागरिकको अधिकार भएको र त्यसै अनुसार आफुलाई चित्त बुझेका व्यक्तिलाई मतदान गर्ने उनले बताए ।
नेताहरुको दवाव आए आफ्नो घोषणा फिर्ता लिनुहुन्छ कि हुँदैन भन्ने प्रश्नमा फिर्ता लिनका लागि आफ्नो घोषणा नभएको खड्काले बताए ।

 

Leave A Reply

Your email address will not be published.