जिल्ला अस्पताल डोटीमा गरिएको परीक्षणमा डोटीका ८ सहित १२ जनामा कोरोना संक्रमण पुष्टी
भाद्र २९, डोटी ।
जिल्ला अस्पताल डोटीको पिसिआर प्रयोगशालामा सोमबार गरिएको कोरोना भाईरसको परीक्षणमा डोटीका ८ र अछामका ४ जना गरी १२ जनामा संक्रमण पुष्टी भएको छ ।
डोटीको दिपायल सिलगढी नगरपालिका, पूर्वीचौकी गाउँपालिका र के.आई.सिंह गाउँपालिका, अछामको बान्नीगढी, चौरपाटी, तुर्माखाँद, साँफेबगर र बाजुराको बुढिगंगाका गरी कूल १ सय ४९ जनाको नमुना स्वाव परीक्षण गरिएकोमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको र १३७ जनाको नतिजा नेगेटीभ आएको जिल्ला अस्पताल डोटीका मोलेकुलर ल्याव इञ्चार्ज सौरभ श्रेष्ठद्वारा हस्ताक्षरित अस्पतालको विज्ञप्तीमा उल्लेख छ ।
विज्ञप्ती अनुसार डोटीको के.आई.सिंह गाउँपालिकाका ६ पुरुष र २ महिलामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै अछामको तुर्माखाँदका १ पुरुष र चौरपाटीका ३ पुरुषमा पनि कोरोना संक्रमण देखिएको हो ।
सोमबार थप ८ जनामा कोरोना पोजेटिभ देखिएसँगै डोटीमा कूल संक्रमित संख्या ९ सय ७५ जना पुगेको स्वास्थ्य कार्यालय डोटीका प्रमूख रमेश मलासीले जानकारी दिए ।
जसमध्ये अब ४७ जना सक्रिय संक्रमित रहेका छन् भने बाँकी ९ सय २८ जनाले कोरोनालाई जितेका छन् ।
