अनेमसंघ डोटीको जिल्ला अधिवेशन भोलि भदौ २० मा सिलगढीमा हुने

417

भाद्र १९, ​डोटी ।
अखिल नेपाल महिला संघ (अनेमसंघ) डोटी जिल्ला कमिटीको अधिवेशन भोलि भदौ २० गते हुने भएको छ।
नेकपा एमालेको जनवर्गीय संगठन अनेमसंघको जिल्ला अधिवेशन सिलगढीस्थित एमाले पार्टी कार्यालय हुने श्रोतले जानकारी दिएको छ ।
संघका कार्यवाहक अध्यक्ष सिता विकका अनुसार अधिवेशन पार्टी कार्यालय, सिलगढी डोटीमा बिहान ११:०० बजेदेखि सुरु हुनेछ।
अधिवेशनका लागि डोटी जिल्लाका ९ वटै पालिका कमिटीबाट ५/५ जना प्रतिनिधिहरू सहभागी हुने जनाइएको छ ।
वर्तमान कमिटीका अध्यक्ष शशी सोव लामो समयदेखि कैलाली बस्दै आएपछि अनेमसंघ नेतृत्वविहीन जस्तै बनेको थियो ।
त्यस्तै गत वर्ष भदौ २३ र २४ मा देशमा भएको जेनजी विद्रोहपश्चात् राजनीतिक गतिविधि पनि प्रभावित भएका थिए । यसबिचमा पुराना दलहरुले साङ्गठनिक गतिविधिहरु पहिले झैं गरि चलायमान बनाउन सकेको देखिदैन ।
जेनजी विद्रोहपश्चात् डोटी एमालेले पनि पहिलोपटक जनवर्गीय संगठनमध्ये अनेमसंघको अधिवेशन गर्न लागेको हो । अधिवेशनमा जिल्ला बाहिरका नेताहरू सहभागी नहुने बताइएको छ । अनेमसंघ केन्द्रिय सदस्य एवं डोटी इन्चार्ज जमुना बोहरा र एमाले डोटीका नेतागणहरु सहभागीता रहने श्रोतले बताएको छ ।
अधिवेशनमा नेतृत्वका लागि दावी गर्नेहरुको नाम बाहिर चर्चामा नआए पनि वर्तमान उपाध्यक्ष एवं कार्यवाहक अध्यक्ष सीता बिक र अर्का उपाध्यक्ष लक्ष्मी मल्ल अध्यक्ष पदका आकाङ्क्षी रहेको श्रोतले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.