डोटीमा थप २९ जनामा कोरोना संक्रमण
भाद्र ३०, डोटी ।
डोटीमा मंगलबार थप २९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
जिल्ला अस्पताल डोटीको कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको १ सय ४५ वटा नयाँ नमूना परीक्षणमा २९ जनाको नतिजा पोजेटिभ र १ सय १६ जनाको नतिजा नेगेटिभ आएको हो ।
जिल्ला अस्पतालका मोलेकुलर ल्याब इञ्चार्ज सौरभ श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तीमा डोटीको सुल्लेख, राजपुर, आदर्श र दिपायल सिलगढी नगरपालिकाका विभिन्न स्थानबाट संकलन गरिएका नमुनाहरुबाट २९ जनामा कोरोना संक्रमण देखा परेको जनाईएको छ ।
विज्ञप्ती अनुसार सुल्लेखका १९ जना पुरुष, आदर्श गाउँपालिकाका १ जना पुरुष र दिपायल सिलगढी नगरपालिकाका ६ पुरुष र ३ महिला गरी ९ जना रहेका छन् ।
सुल्लेख भनिएको स्थान नेपाली सेनाको गुरुदल गुल्म हो । यस पूर्व यहि भाद्र १६ गते २१ नेपाली सेनामा कोरोना संक्रमण देखा परेको थियो ।
