नेकपा डोटी गाउँ केन्द्रित अभियानमा
कमल बम
असोज ८, डोटी (बोगटान)
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) डोटीले गाउँ केन्द्रित अभियान जारी राखेको छ ।
यसै क्रममा विहीबार जिल्लाको बोगटान फुड्सिल गाउँपालिकामा नेकपा गाउँ कमिटि पूर्ण बैठक तथा भेला सम्पन्न गरेको छ ।
गाउँ कमिटि अध्यक्ष देव बहादुर बोहराको अध्यक्षतामा सम्पन्न बैठक तथा भेलालाई संवोधन गर्दै नेकपा डोटी अध्यक्ष चक्र मल्लले कम्युनिष्ट सरकारले गरेको विकासबाट नेपाली काँग्रेस आत्तिएको बताएका छन् ।
नेपालमा तीन वटै तहका सरकारले जनपक्षीय काम गरेपछि काँग्रेस आत्तिएको मल्लले बताए ।
जिल्लाका स्थानीय तहहरुमा पार्टीका बैठक तथा भेला सञ्चालन गर्ने क्रममा शिखर नगरपालिका, पूर्वीचौकी गाउँपालिका हुँदै विहीबार बोगटान फुड्सिल गाउँपालिकामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा नेकपाका सुदूरपश्चिम प्रदेश कमिटि सदस्यहरु कमल गड्सिला, नारद मलासी, डम्बर घर्तीमगर, योगेन्द्र बोहरा लगाएत जिल्ला तहका नेता तथा कार्यकर्ताहरुको पनि सहभागिता रहेको नेकपाले जनाएको छ ।
पार्टी संगठनका साथै जनवर्गिय संगठनहरुलाई मजबुद बनाउँदै लैजाने योजनामा रहेको नेकपाले अन्य स्थानीय तहहरुमा पनि कार्यक्रम सञ्चालनको तयारी गरेको छ ।
