जिल्ला अस्पताल डोटीमा शुक्रबार गरिएको पिसिआर परीक्षणमा डोटीका २ र अछामका २४ जना गरी थप २६ जनामा कोरोना संक्रमण पुष्टी

550

भागरथी मडै

असोज ९, डोटी ।

जिल्ला अस्पताल डोटीमा शुक्रबार गरिएको पिसिआर परीक्षणमा डोटीका २ र अछामका २४ जना गरी थप २६ जनामा कोरोना संक्रमण पुष्टी छ ।

अस्पतालका मोलेकुलर ल्याव इञ्चार्ज शौरभ श्रेष्ठद्वारा जारी विज्ञप्ती अनुसार शुक्रबार जम्मा १ सय ४८ नयाँ नमुना परीक्षणमध्ये २६ नमूनाको नतिजा पोजेटिभ र १ सय  २२ जनाको नतिजा नेगेटीभ रहेको जनाईएको छ ।

संक्रमितहरुमा डोटीको आदर्श गाउँपालिकाका २ जना पुरुष रहेका छन् ।   त्यस्तै अछामको बान्निगढीका १५ पुरुष र ५ महिला तथा चौरपाटीका  ३ पुरुष र १ महिला रहेको विज्ञप्तीमा उल्लेख छ ।

Leave A Reply

Your email address will not be published.