सिमान्तकृत समुदायका महिलाहरुलाई राहत वितरण

444

असोज २७, डोटी ।

डोटीको दिपायल सिलगढी नगरपालिका र पूर्वीचौकी गाउँपालिकाका सिमान्तकृत समुदायका महिलाहरुलाई खाद्यान्न तथा स्वास्थ्य सामाग्री राहत वितरण गरिएको छ ।
मानव अधिकारका लागि महिला एकल महिला समूह डोटीले पूर्वीचौकी गाउँपालिकामा प्रत्येक वडामा १७ जनाका दरले र दिपायल सिलगढी नगरपालिकामा प्रत्येक वडामा २० जनाका दरले राहत वितरण गरिरहेको छ ।
जस अन्तरगत मंगलबार दिपायल सिलगढी नगरपालिकाको वडा नं. १, २, ३, ४ र ८ का ८० जना एकल महिला, अपाङ्गता भएका महिला र विपन्न महिलाहरुलाई राहत वितरण गरिएको मानव अधिकारका लागि महिला एकल महिला समूह डोटीका कार्यक्रम संयोजक लक्ष्मी देउवा बमले जानकारी दिइन् ।
कोभिड–१९ का कारण प्रभावित सिमान्तकृत समुदायका महिलाहरुलाई सहयोग पुर्याउने उद्धेश्यले सम्बन्धीत वडाका वडा अध्यक्ष र अन्य जनप्रतिनिधी,स्वास्थ्यकर्मी, सँस्थाका पदाधीकारी, पत्रकार सहितको रोहवरमा राहत वितरण गरिएको हो ।
मंगलबार दिपायल सिलगढी नगरपालिकाको वडा नं. ८ लडागडामा वडा अध्यक्ष राम बहादुर खड्काको प्रमूख आतिथ्यतामा र वडा नं. १ देखि ४ सम्मका महिलाहरुलाई वडा नं. ३ का अध्यक्ष चक्र बहादुर माझीको प्रमूख आतिथ्यतामा राहत वितरण गरिएको हो ।


प्रति व्यक्ति २५ के.जि. चामल, चिनी १ के.जि., दाल १ के.जि., आयोडिन नुन के.जि., गेडागुडी दाल १ के.जि., ३ पोका तेल, सेनिटाइजर १ बोत्तल, ३ पिस साबुन, सेनीटरी प्याड १, मास्क २ पिस लगाएत खाद्यान्न तथा स्वास्थ्य सामाग्री वितरण गरिएको मानव अधिकारका लागि महिला एकल महिला समूहका कार्य समिति सदस्य दीपा श्रेष्ठले बताईन् ।

दिपायल सिलगढी नगरपालिकाको वडा नं. १ देखि ४ सम्मका महिलालाई राहत वितरण कार्यक्रममा स्वास्थ्य कार्यालय डोटीका प्रतिनिधी तेजविक्रम शाहीले कोरोना भाईरसबाट बाँच्न अपनाउनुपर्ने उपाएबारे जानकारी समेत दिएका थिए ।
७ वटा वडा रहेको पूर्वीचौकी गाउँपालिकामा सबैलाई राहत वितरण गरिसकिएको र ९ वटा वडा भएको दिपायल सिलगढी नगरपालिकाका वडा नं. १ देखि ८ सम्म राहत वितरण भैसकेको छ । वडा नं. ९ मा भने केहि दिन पहिले कोरोना भाईरसका संक्रमणका कारण सिल गरिएकाले राहत कहिलेसम्म वितरण गर्ने भन्नेमा एकिन हुन नसकेको मानव अधिकारका लागि महिला एकल महिला समूह डोटीका अध्यक्ष सरिता श्रेष्ठले जानकारी दिइन् ।

Leave A Reply

Your email address will not be published.