विद्युत सेवा अवरुद्ध हुँदा डोटी, अछाम र बाजुरा जिल्ला प्रभावित
कार्तिक ३, डोटी ।
डोटीको दिपायलमा रहेको सव स्टेशनमा आएको समस्याका कारण विद्युत सेवा अवरुद्ध हुँदा डोटीसङ्गै अछाम र बाजुरा जिल्लाका सेवाग्राही प्रभावित भएका छन् ।
आइतबार राति करिब १ बजेदेखि सोमबार बिहान ९ बजेसम्म पनि विद्युत सेवा अवरुद्ध छ । विशेषगरी विद्युतीय सञ्चारमाध्यम र अन्य इलेक्ट्रोनिक व्यवसायी निकै मारमा परेको अछामका पत्रकार बिष्णुप्रसाद भण्डारीले बताए ।
नेपाल विद्युत प्राधिकरण दिपायलको सव स्टेशनमा लाइट्निङ्गमा समस्या आएपछिभएको प्राधिकरणका एक कर्मचारीले बताए ।
अवरुद्ध विद्युत सेवा मर्मतका लागि प्राविधिक टोलीले काम गरिरहेको र करिब १ घण्टाभित्र विद्युत सुचारू हुने जनाइएको छ ।