कोरोनाबाट कैलालीको गौरिगंगाका ३ का वडा अध्यक्षको मृत्यु

833

कार्तिक २१, कैलाली ।
कैलालीको गौरीगंगा नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष नरेन्द्रबहादुर शाहको कोरोना संक्रमणबाट मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालको कोरोना अस्थायी अस्पतालमा उपचाररत वडाध्यक्ष शाहको शुक्रबार बिहान मृत्यु भएको हो ।
६३ वर्षीय शाहको शुक्रबार विहान ६ः२५ बजे मृत्यु भएको सेती प्रादेशिक अस्पताल जनाएको छ ।
सेती प्रादेशिक अस्पतालको कोरोना अस्पतालमा १० दिनदेखि उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । शाह गौरीगंगा नगरपालिकाका प्रवक्ता समेत थिए ।

Leave A Reply

Your email address will not be published.