डोटीमा भालुको आक्रमणमा परी एक बालक घाइते

293

कार्तिक २१, डोटी ।
डोटीमा भालुको आक्रमणमा परी एक बालक घाइते भएका छन् ।
दिपायल सिलगढी नगरपालिका वडा नं ७ पाकरीको टाटा पोल्ला टोल बस्ने शेर बहादुर पार्कीका ९ वर्षका छोरा टेक बहादुर पार्कीलाई भालुले आक्रमण गरेर घाइते भएका हुन ।
बिहान करिब ९ बजेको समयमा घर नजिकै भालु आएर छोरालाई झम्टिएर घाइते बनाएको उनका बुबा शेर बहादुर पार्कीले बताए ।
ती बालकको दायाँ हातको पाखुरामा गहिरो चोट लागेको छ । उनको अहिले जिल्ला अस्पताल डोटीमा उपचार भैरहेको छ । पाखुराको दुवै साइडतिर अप्रेशन गर्नुपर्ने उपचारमा संलग्न जिल्ला अस्पतालका डाक्टर सोहम शाहले बताए ।
सङ्गै अरु बालबालिका पनि भएकाले होहल्ला भएपछि भालु भागेकाले बालक बाच्न सफल भएको नेकपा सुदूरपश्चिम प्रदेश सदस्य नारद मलासीले बताए ।

Leave A Reply

Your email address will not be published.