शशस्त्र प्रहरीका सहायक हवल्दार श्रेष्ठले गरे १० औं पटक रक्तदान, बचाए गर्भवतीको ज्यान

875

कार्तिक २१, डोटी ।

शशस्त्र प्रहरीका सहायक हवल्दार सन्तोष श्रेष्ठले एक गर्भवती महिलालाई रगत दिएर ज्यान जोगाएका छन् ।
शशस्त्र प्रहरी बल ३६ नं. गण डोटीमा कार्यरत श्रेष्ठले डोटीको पूर्वीचौकी गाउँपालिका वडा नं. ५ काँडामाण्डौको न्वाघरकी ३७ हप्ताकी गर्भवती ४२ वर्षीया खण्टी साउँदलाई रक्तदान गरी ज्यान जोगाएका हुन् ।
गर्भवती महिला साउँदलाई AB पोजेटिभ रगत अभाव भएको जानकारी पाएपछि आफ्नो रगत समूह मिल्ने भएकाले एक पिन्ट रक्तदान गरेको सहायक हवल्दार श्रेष्ठले बताए । उनले गरेको रक्तदान यो १० औं पटक हो ।
दुइ छोरा र दुई छोरीकी आमा भईसकेकी खण्टी साउँद १२ वर्षपछि फेरी पनि गर्भवती रहेको र उनको जिल्ला अस्पतालमा चेकजाँच गराउँदा सामान्य जन्डिस सहित रक्त अल्पता देखिएपछि सहायक हवल्दार श्रेष्ठले शुक्रबार रक्तदान गरेका हुन् ।

गर्भावस्थाकी साउँदको पेटमा किले जुका (Whook Warm) रहेका कारण पनि रगतको कमी देखिएको समाचार श्रोतले जनाएको छ ।

त्यस्तै आजै शुक्रबार नै दारी ग्याङ्ग डोटीका अध्यक्ष अनुजराज जोशीले पनि ति गर्भवती महिलालाई एक पिन्ट रक्तदान गरेका छन् ।
यसपूर्व हिजो विहीबार जिल्ला अस्पताल डोटीमा कार्यरत डाक्टर प्रमोद भट्ट आफैले पनि एक पिन्ट रक्तदान गरेका थिए । डाक्टर भट्टले त्योभन्दा पूर्व पनि एक बिरामीलाई रक्तदान गरी ज्यान जोगाएका थिए ।

आफ्नो श्रीमतीको ज्यान जोगाउन रक्तदान गर्ने सबैलाई खण्टीका श्रीमान खिमराज साउँदले धन्यवाद दिएका छन् ।

 

Image may contain: one or more people and people sitting, text that says 'एम एस समाज सेव रकत संचार प्रदान गरि'

Leave A Reply

Your email address will not be published.