इडिसीद्वारा सामुदायिक सूचना केन्द्र स्थापनाका लागि शिखर नगरपालिकालाई लाखौंका सामाग्री हस्तान्तरण

479

भागरथी मडै
मंसिर १९, डोटी ।

डोटीमा लामो समयदेखि सामाजिक क्षेत्रमा क्रियाशील गैर सरकारी सँस्था सम विकास केन्द्र (इडिसी) नेपाल डोटीले शिखर नगरपालिकामा सामुदायिक सूचना केन्द्र स्थापना गर्नका लागि लाखौं मूल्यका सामाग्रीहरु शुक्रबार हस्तान्तरण गरेको छ ।
सार्वजनिक सूचनामा आम नागरिकहरुको पहुँच बृद्धि गर्ने उद्धेश्यले सामुदायिक सूचना केन्द्र स्थापना गर्नका लागि रु. ५३ हजार ७ सय २६ बराबरको कार्यालय सामाग्री तथा रु. १ लाख ५३ हजार ६ सय ५८ बराबरका कम्प्यूटर, ल्यापटप, फोटोकपी मेशिन लगायतका उपकरणहरु हस्तान्तरण गरिएको इडिसीले जनाएको छ ।
डिसिए र यूरोपियन यूनियनको आर्थिक सहयोगमा इडिसी डोटीले संचालन गरिरहेको परिवर्तन परियोजना र शिखर नगरपालिकाको सहकार्यमा उक्त सूचना केन्द्र स्थापना इडिसीका सामाजिक विकास अधिकृत टेक बहादुर नेपाली र सूचनाअधिकृत पदम मिजारको टोलीले शिखर नगरपालिका प्रमुख सिताराम जोशीलाई ति सामाग्रीहरु हस्तान्तरण गरेका हुन् ।
शिखर नगरपालिकामा विधुतीय सुशासन प्रविधिको कार्यान्वयन संगै आम नागरिकका लागि प्रवाह गरिने सार्वजनिक सूचनालाई सहज, सरल बनाई सूचनामा नागरिकको पहुँच बृद्धि गर्न र स्थानीय सरकार एवं जनप्रतिनिधिहरुलाई नागरिकप्रति जवाफदेहि बनाई जवाफदेहिता र पादिर्शिताको संस्थागत प्रवद्र्धनमा सहयोग पु¥याउने उद्धेश्यले सूचना केन्द्र स्थापनागर्न लागिएको इडिसीका परिवर्तन परियोजनाका जिल्ला संयोजक महेश परियारले बताए ।
सामाग्री हस्तान्तरण कार्यक्रममा शिखर नगरपालिका प्रमुख जोशी, लगाएत नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत, वडा अध्यक्षहरु, सूचना प्रविधि अधिकृत, विषयगत शाखा प्रमूखहरु समेतको उपस्थिती रहेको थियो ।

Leave A Reply

Your email address will not be published.