डोटीमा पनि कोभिड–१९ विरुद्ध खोप अभियान शुरु, एकै दिन १५६ जनालाई खोप लगाईयो

609

माघ १४, डोटी ।
डोटीमा पनि बुधबार देखि कोभिड–१९ विरुद्ध खोप अभियान बुधबारदेखि शुरु भएको छ । पहिलो दिन १ सय ५६ जना स्वास्थ्यकर्मीलाई खोप लगाईएको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।
स्वास्थ्य कार्यालय डोटीका प्रमूख रमेश मलासीलाई पहिलो खोप लगाएर अभियानको थालनी गरिएको हो ।
खोप अभियान शुभारम्भ कार्यक्रममा डोटी जिल्ला अस्पताल व्यवस्थापन समिति अध्यक्ष यज्ञराज जोशी, डोटीका प्रमूख जिल्ला अधिकारी एवं कोभिड–१९ व्यवस्थापन तथा अनुगमन समिति संयोजक भीमप्रसाद भट्टराई लगाएतको सहभागिता रहेको थियो ।
डोटीमा स्वास्थ्य क्षेत्रमा कार्यरत विभिन्न तहका १ हजार ५ सय २६ जना कर्मचारीहरुलाई पहिलो चरणमा माघ १९ गतेभित्र खोप लगाउन लागिएको छ । जिल्ला अस्पताल डोटीमा खोप लगाउने काम भईरहेको छ ।

Leave A Reply

Your email address will not be published.