नेकपा ओली समूहको बडिकेदार गाउँपालिका स्तरीय कमिटिको विस्तारि बैठक सम्पन्न, अध्यक्षमा ताडी र सचिवमा बम चयन

444

चक्र मल्ल
माघ १९, डोटी (बडिकेदार) ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूले डोटीको बडिकेदार गाउँपालिका स्तरीय कमिटीको विस्तारित बैठक सोमबार सम्पन्न भएको छ । बैठकबाट उक्त गाउँ कमिटिको अध्यक्षमा लाल बहादुर ताडी र सचिवमा खगेन्द्र बमलाई जिम्मेवारी तोकिएको छ । बाँकी सदस्यहरु गरी ९९ सदस्यीय कमिटी सर्वसम्मत गठन गरिएको नेकपा ओली समूह डोटीले जनाएको छ ।
उक्त बैठकमा नेकपाका केन्द्रीय सदस्य नारद मलासी लगाएत प्रदेश कमिटि सदस्यहरु, नेकपा डोटी अध्यक्ष एवं जिल्ला समन्वय समिति डोटी प्रमूख राम ऐर, दिपायल सिलगढी नगरपालिका उप–प्रमुख एवं नेकपा डोटी जिल्ला कमिटि सचिवालय सदस्य शिवराज खड्का लगायतका नेताहरुको सहभागिता रहेको थियो।
नव गठित गाउँ कमिटिलाई नेकपाका केन्द्रिय सदस्य एवं कार्यक्रमका प्रमूख अतिथि नारद मलासीले सपत ग्रहण गराउनु भएका थिए ।

No description available.

Leave A Reply

Your email address will not be published.