नेपालमा २४ घण्टामा कोरोनाबाट थप ८ जनाको मृत्यु, मृत्यु हुनेको कूल संख्या १५७ पुग्यो

493

नेपालमा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ८ को मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ सय ५७ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा काठमाण्डौकी ४८ वर्षीया महिला, रुपन्देहीकी ६७ वर्षीया महिला र रुपन्देहीकै ३८ वर्षीय, ५३ वर्षीय र ५४ वर्षीय पुरुषको मृत्यु भएको हो ।

त्यस्तै मोरङका ६५ वर्षीय पुरुष, सुनसरीका ६८ वर्षीय पुरुष र पर्साकी ७० वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको जनाईएको छ।

पछिल्लो समयमा कोरोना भाईरस संक्रमणबाट मृत्यु हुने दर बढ्न थालेको छ ।

Leave A Reply

Your email address will not be published.