नेपालमा थप ७४३ जनामा कोरोना पुष्टी, कूल संक्रमितको संख्या ३२ हजार ६ सय ७८ पुग्यो
नेपालमा पछिल्लो २४ घण्टाको अवधीमा थप ७४३ जना मानिसहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयद्वारा सोमबार आयोजित नियमित कोरोना मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले थप भएका नयाँ संक्रमितसँगै नेपालमा कूल संक्रमितको संख्या ३२ हजार ६७८ पुगेको बताए ।
यसैगरी २४ घण्टामा कोरोनाको संक्रमणबाट मुक्त भएर घर फर्किनेको संख्या १७५ जना रहेको छ । योसँगै हालसम्म कोरोनाबाट निको हुनेको कूल संख्या १८ हजार ८ सय ६ जना पुगेको छ ।