कविता : नयाँ युग
– लक्षीराम आचार्य
पिपल हुँ म
जति काट्छौ, पलाउने छु ।
कोमल ती आँकुरिले
अक्सिजन नै फिंजाउने छु ।।
बादल हुँ म
पानी झारी अस्ताउने छु ।
गुलाव हुँ म
जहाँ फाल्छौ, त्यहिं फेरि फक्रीने छु।।
फोहोरमा फाले पनि
काँडा भनी कुल्चे पनि
हिलो भनी मिल्काय पनि
रातै फुली सुगन्ध छरी दिन्छु ।।
पिपल बनि चौतारिमा
भरियालाई शितल दिन्छु
गुलाब फुली फुलबारिमा
दुःखियालाई सुभाष दिन्छु।।
अन्धकारको कालो बादल
चिराग बनी हटाई दिन्छु ।
गरिबको पसिनाले
तुवालोलाई पखाली दिन्छु।।
अँध्यारो त्यो साम्राज्यलाई
जुन बनी हटाई दिन्छु ।।
पौरखि यि हातहरुले
सुर्य किरण जन्माइदिन्छु ।।।।
शोषणको नौलो चलन
एकताले भत्काई दिन्छ
छद्म त्यो रंग हेर
नयाँ युगले मिल्काई दिन्छ ।।
आडम्बरका भ्रमजाल सबै
भत्काएर मिल्काउनु छ
नयाँ युगको चेतनाले
नयाँ बाटो बनाउनु छ ।।
(रचनाकार प्रगतिशील लेखक संघका पुर्व केन्द्रिय सचिवालय सदस्य तथा वाङमय परिषदका केन्द्रिय महासचिव हुनुहुन्छ ।)