डोटीमा पहिरोले च्यापिएर फेरि दुई बालबालिकाको मृत्यु
किरण धामी
असार ३, डोटी ।
लगातार परिरहेको वर्षाका कारण डोटीमा पहिरोमा परेर दुई बालबालिकाको मुत्यु भएको छ ।
विहिवार साँझ जिल्लाको दिपायल सिलगढी नगरपालिका-५ का ७ वर्षीय बालक विनोद भण्डारी र ११ वर्षीया बालिका जेनिषा विष्टको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दान बहादुर मल्लले बताए ।
उनिहरुको दिपायल सिलगढी नगरपालिका-५ को चिसापानी भन्ने ठाउँ पहिरोमा पुरिएर मृत्यु भएको हो । बाख्रा चराउन गएका उनिहरु पानी परेपछि ओत लाग्न ओडारमा बसेको बेला माथिबाट पहिरो खस्दा च्यापिएका थिए ।
च्यापिएको थाहा भएपछि नेपाल प्रहरी र स्थानीयले पहिरो पञ्छ्याउँदा उनिहरु मृत फेला परेका हुन्।
हिजो बुधबार मात्रै जिल्लाको केआई सिंह गाउँपालिका ३ का ६५ वर्षीय पुरुषको पहिरोमा परि ज्यान गएको थियो ।