डाेटीमा नेकपा (एकीकृत समाजवादी) को पक्षमा तिन जनप्रतिनिधीद्वारा सनाखत

1,576

भाद्र २१, डोटी ।
डोटीमा माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को पक्षमा तीन जना जनप्रतिनिधिले सनाखत गरेका छन् ।
डोटीको पुर्विचौकी गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटी, दिपायल सिलगढी नगरपालिकाका उप–प्रमुख शिवराज खड्का र सायल गाउँपालिका वडा नं.३ का अध्यक्ष गोरखबहादुर सार्कीले सनाखत गरेका हुन् । आफुहरु नेकपा (एकीकृत समाजवादी) पार्टीको पक्षमा रहेको भन्दै निर्वाचन आयोगको जिल्ला कार्यालय सिलगढीमा सनाखत गरेको वडा अध्यक्ष गोरख सार्कीले जानकारी दिएका छन् ।
तत्कालीन नेकपा हुँदा पूर्वीचौकीका अध्यक्ष बोगटी र दिपायल सिलगढी नगरपालिकाका उप-प्रमुख खड्का केपी ओली टिमका हुन् भने सायल-३ का वडा अध्यक्ष सार्की प्रचण्ड-माधव टिममा थिए ।
नेकपा (एकीकृत समाजवादी) को पक्षमा सनाखत गर्न निर्वाचन आयोगको कार्यालयमा पुगेका जनप्रतिनिधीहरुलाई रोक्नका लागी एमाले डोटीका नेता कार्यकर्ताहरु निर्वाचन आयोगको कार्यालयमा पुगेका छन् ।
सनाखत गर्ने अवधि भोलि भाद्र २२ गतेसम्म रहेकोे छ ।

Leave A Reply

Your email address will not be published.