विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा अभिमुखीकरण सम्पन्न
सुवास नेपाली
भाद्र २१, डोटी ।
विश्व आत्महत्या रोकथाम दिवस २०२१ को अवसरमा डोटीको दिपायल सिलगढी नगरपालिकामा आत्महत्या रोकथाम सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
दिपायल सिलगढी नगरपालिकाको समन्वय/सहयोग तथा राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन संगठन, कोशिशको आयोजनामा सम्पन्न कार्यक्रम सम्पन्न भएको हो ।
दिपायल सिलगढी नगरपालिकाका कार्यपालिका सदस्यहरुको सहभागितामा सम्पन्न अभिमुखिकरण कार्यक्रममा बोल्दै नगरपालिकाको वडा नम्बर १ का वडा अध्यक्ष बहादुर खड्काले समाजमा अहिले विभिन्न कारणले मानसिक समस्या भएका व्यक्तिहरुको संख्या दिनानुदिन बढिरहेको हुँदा आत्महत्या गर्नेको संख्या पनि बढ्दै जानु चिन्ताजनक रहेकोले यसको रोकथामका लागि सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।
कार्यक्रमलाई सहजीकरण गर्दै कोशिशका साइक्लोजिस्ट काउन्सलर शान्त खडकाले तनाव व्यवस्थापनका उपायहरुका बारेमा सहभागीहरुलाई जानकारी गराएका थिए ।
जसका लागि आफुहरुले निशुल्क मनोपरामर्श गर्दै आएको उनलेे जानकारी दिए ।