कृषि क्षेत्रमा उत्कृष्ट काम गर्ने ७ कर्मचारी पुरस्कृत

670

सुबास नेपाली
असार ३०, डोटी ।
कृषि बिकास निर्देशनालय राजपुर डोटीले सुदुरपश्चिम प्रदेश अन्तर्गत आफ्नो कार्यालय मातहतका उत्कृष्ट ७ जना कर्मचारीहरुलाई सम्मान तथा पुरस्कृत गरेको छ।
सुदूरपश्चिम प्रदेश कृषि विकास निर्देशनालय मातहतका ९ ओटै जिल्ला मध्ये उत्कृष्ट कार्य गरेबाफत जनही ३० हजार नगद तथा प्रमाणपत्र सहित ७ जनालाई सम्मान गरिएको हो ।
पुरस्कृत हुनेहरुमा सुख्खा फलफुल विकास केन्द्र, सतबाँझ बैतडीका अधिकृत आठौं डम्मर सिंह भाट, कृषि ज्ञान केन्द्र डोटीका कार्यालय प्रमुख अधिकृत सातौं नरेन्द्र पनेरु, कृषि विकास निर्देशनालय दिपायलका अधिकृत छैटौं केशवराज पाण्डेय, कृषि ज्ञान केन्द्र बाजुराका अधिकृत छैटौं मिनप्रसाद जैसी, कृषि ज्ञान केन्द्र कंचनपुरका सहायक स्तर पाँचौ जनक बहादुर सिंह, कृषि विकास निर्देशनालय दिपायलका हलुका सवारी चालक राजकुमार चौधरी र कृषि ज्ञान केन्द्र बैतडीका कार्यालय सहयोगी दिवाकर पाण्डेय रहेको कृषि विकास निर्देशनालय डोटीका निर्देशक यज्ञराज जोशीले बताउनुभयो ।
आज एक कार्यक्रमकाबिच उत्कृष्ट कर्मचारीहरुलाई सम्मान गर्दै कृषि विकास निर्देशनालय दिपायलका निर्देशक जोशीले राम्रो काम गर्ने कर्मचारीहरुलाई पुरस्कृत गर्नाले कर्मचारीहरुमा हौसला प्रदान हुने र त्यसले कार्यालयको कार्य सम्पादनमा समेत सहयोग पुग्ने भन्दै प्रत्येक वर्ष राम्रो कार्य गर्ने कर्मचारीहरुलाई पुरस्कार तथा सम्मान गर्नुपर्ने बताउनुभयो।

Leave A Reply

Your email address will not be published.