सेती नदिमा बेपत्ता साउद अझै भेटिएनन, सशस्त्र प्रहरीको खोजी कार्य जारी
प्रेम नेपाली/भाद्र ९, डोटी ।
हिजो बुधबार सेती नदीमा बगेर बेपत्ता भएका चेत बहादुर साउँद आजसम्म पनि फेला परेका छैनन् ।
डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्बर ९ पनौलीका ५० वर्षीय साउँद मलामी आएको बेला डोटीको शिखर नगरपालिका-१०, को गहनान स्थित सेती नदिमा नुहाउने क्रममा बुधबार बेलुकी करिब साढे ५ बजीती बगेर बेपत्ता भएका थिए ।
सशस्त्र प्रहरी बल ३६ नम्बर गणका डिएसपी देवेन्द्र सिंह नेतृत्वको गाेताखाेर समुह सहित १४ जनाकाे टाेली आवश्यक सामाग्री सहित विहीबार दिनभर खटिएको तर फेला पार्न नसकेको सशस्त्र प्रहरी बलका गणपति वीरसिंह शाहुले जानकारी दिए ।
भोलि फेरि खोजी कार्य गरिने सशस्त्र प्रहरीले जनाएको छ ।