माधव बिष्टको “खोड्पे पाटन” सार्वजनिक

274

भाद्र २७, डोटी ।
चर्चित देउडा कलाकार माधब बिष्ट ‘कैलाश’ को नयाँ गीत “खोड्पे पाटन” सार्वजनिक भएको छ ।
उनले गाैरा तथा दशैका बिच समयमा आफ्नै नाममा रहेको युट्युब च्यानलबाट उक्त गीत सार्बजनिक गरेका हुन् ।
बहुचर्चित गीत सुदूरपश्चिम स्वर्गसरी,चाैलानिका छालैछाल, जन्मभुमि, फर्केर आइग्या दाेगडाकेदार हुदै भेटपन भैगयाे जस्ता गीतहरूका सर्जक बिष्टले खाेड्पे पाटन बोलको गीत बजारमा ल्याएका हुन् ।
बाल्यकाल देखिकाे सम्झना गीतमा समेटिएको छ ।
गीतमा भरत भट्टले स्वर दिएका छन् भने यस गीतकाे एरेन्ज भुवन प्रकाश बडुले गरेका छन । उक्त गीत बिग परिवेश रेकर्डिङ स्टुडियाेमा तयार पारिएकाे हो ।

Leave A Reply

Your email address will not be published.