कविता-‘गर्भपतन’
- – मधु पोखरेल
पसल-पसलमा गर्भपतन,
घर-घरमा गर्भपतन,
चोक-चोकमा गर्भपतन,
लाग्छ जताततै यसकै खुद्रा ब्यापार छ।
पसलेहरुले सोच्दछन यसमै मुद्रा अपार छ !
श्रीमान जि भन्नुहुन्छ,
गर्भपतन भैहाल्छ किन अस्थाई साधन लाउनुपर्यो ?
पल्लाघरे काका धामी छँदैछन नि
किन अस्पताल नै धाउनुपर्यो ?
उनी श्रीमानको कुरा नकार्नै सक्दिनन्,
त्यसैले त आमा बन्नै सक्दिनन !!
आजभोली त पेटभित्र के छ हेर्नै पाईन्छ रे,
छोरा छोरीको आकृति त कोर्नै पाइन्छ रे,
आमालाई त आमा बन्नुमै गर्व लाग्छ,
छरछिमेक आफन्तलाई चाहिँ छोरा नै चाहिन्छ रे !
लिङ्ग पहिचान गरि गर्भपतन गर्नु हो अपराध,
जबर्जस्ति करणी होस् वा हाडनाता करणी,
गर्भवतीको ज्यान खतरामा हुदा होस्
वा भ्रुणमा कमिकमजोरी,
सुरक्षीत गर्भपतन नै महिलाको अधिकार।।
(रचनाकार सामुदायिक विकास मञ्च (सिडिएफ) डोटीमा यौन तथा प्रजनन् स्वास्थ अधिकार कार्यक्रमका कार्यक्रम अधिकृत हुन् । उहाँले आठौ राष्ट्रिय सुरक्षीत गर्भपतन दिवस- २०७९ को अवसरमा यो रचना गर्नुभएको हो ।)