गजल
– शिशिर साहित्यकार
मनले जोडेको नाता टुटाउन अदालत धाउनुपर्यो ।
आफै जुटेका हुन छुटिन अर्कैको आदेश आउनुपर्यो ।।
प्रेमसङ्ग त पत्थर समेत पगाल्ने शक्ति हुन्छ भन्थे त !
यहाँ मन पगाल्न पनि आँसुको आहाल बगाउनु पर्यो ।।
बहुतै प्रेम गरेको थियो हिजो कसैलाई उस्ले पनि त !
बिचरा आज उसैले धोकेबाजको उपमा पाउनु पर्यो ।।
त्यो मुटुमा म बस्छु प्रिय भनी मुटु कब्जा गर्नेहरुले,
टुक्र्यायर बसाइ अन्तै सारे दोष कस्लाइ लाउनु पर्यो ?
निर्दोष मुटु माथी धोकाका तिरहरु किन प्रहार गर्यौ ?
यो टुक्रीएको दिललाई भन अब कसरी सजाउनु पर्यो ?