आज ‘जोरायल महोत्सव’ को अन्तिम दिन : चक्र बमको प्रस्तुति रहने

590

बैशाख ०२, डोटी ।
गएको चैत्र २८ देखि सञ्चालित ‘जोरायल महोत्सव-२०७९’ मा आज बैशाख ०२ गते पछिल्लो पुस्ताका लोकप्रिय कलाकार चक्र बमको प्रस्तुति रहनेछ ।
“शिक्षा, स्वास्थ्य, खेलकुदको विकास, कृषि तथा पर्यटनको प्रवर्द्धन : जोरायल महोत्सव कला, सीप र संस्कृतिको संरक्षण” भन्ने मूल नाराका साथ आयोजित महोत्सवको समापनमा सुदूरपश्चिमका सर्वाधिक चर्चामा रहेका गायक, सर्जक तथा मोडल चक्र बम आउन लागेका हुन् ।
युनिक युथ स्पोर्ट्स क्लबको आयोजनामा जारी महोत्सवमा आज स्थानीय बाल कलाकार सोहन ओझाको पनि प्रस्तुति रहने छ भने थुप्रै स्थानीय प्रतिभालाई स्टेज दिइने आयोजक क्लबका अध्यक्ष पवन कुमार शाहुले जानकारी दिए ।
हिजो बैशाख १ गते नयाँ वर्षको पहिलो दिन लाल बहादुर धामी (अछामी बड्डो) र झलक पाली ‘झरना’ले दर्शकहरुलाई डेउडामा झुमाउनुका साथै नचाएर भरपूर मनोरञ्जन दिलाएका थिए ।
त्यस्तै गएको चैत्र २८ गते उद्घाटनमा डेउडा गायक भुवनप्रसाद दाहाल, डान्सर झरना बोहरा, चैत्र २९ गते टंक तिमिल्सिना, सौगात ओझा र झरना बोहरा, चैत्र ३० गते गौरी भट्ट, लक्ष्मी ओलीको प्रस्तुति रहेकोे थियो । त्यस्तै हरेक दिन सुप्रसिद्ध उद्घोषिका तथा गायिका शोभा त्रीपाठी र थुप्रै स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहदै आएको छ ।
जोरायल गाउँपालिका मुख्य प्रवर्द्धक र अन्य थुप्रै कार्यालय, व्यापारीक संघ संस्था, फर्महरु प्रायोजक रहेकोे महोत्सवमा अपेक्षाकृत रूपमा दर्शकहरुको उल्लेख्य सहभागिता भैरहेको आयोजक युनिक युथ स्पोर्ट्स क्लबले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.