छोराको जन्मदिनमा बुबाद्वारा विद्यालय र आमाद्वारा स्वास्थ्य संस्थामा अक्षय कोष स्थापना

1,242

असोज ८, डोटी ।
डोटीको जोरायलमा एक जोशी परिवारले एउटा विद्यालय र एउटा प्राथमिक स्वास्थ्य केन्द्रमा एकैदिन छुट्टाछुट्टै अक्षय कोष स्थापना गरेका छन् ।
जोरायल गाउँपालिका ३ बरम निवासी इश्वरीदत्त जोशी र पशुपति देवी जोशीले छोरा केशवनारायण जोशीको ३३ औं जन्मदिनको अवसर पारी छुट्टाछुट्टै अक्षय कोष स्थापना गरेका हुन् ।
७० वर्षीया इश्वरीदत्त जोशीले उक्त वडाको अग्रणी विद्यालय शिवपुर माध्यमिक विद्यालयमा रु. एक लाख पाँच हजार राशिको ‘इश्वरी गणेश पशुपति विधालय हित अक्षयकोष’ स्थापना गरेका छन् भने ५३ वर्षीया पशुपति देवी जोशीले जोरायलकै अग्रणी स्वास्थ्य संस्था सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्रमा रु. एक लाख पाँच हजार राशिको ‘इश्वरी गणेश पशुपति स्वास्थ्य कल्याणकारी अक्षयकोष’ स्थापना गरेका हुन् ।
जीवनमा आफ्नो कमाइको केही अंश रकम छुट्याएर आफू लगाएत घरपरिवारका सदस्यहरुले शिक्षा आर्जन गरेको विद्यालयलाई दान गर्न पाउँदा आफुलाई छुट्टै आनन्द अनुभुति भएको र यो सानो कोषले विद्यालयको हितमा सहयोग पुग्ने आफुले विश्वास लिएको अक्षयकोष निर्माता इश्वरीदत्त जोशीले बताए ।
विद्यालयमा स्थापना गरिएको अक्षयकोषको उद्देश्य अनुसार परिचालन प्रतिवद्धता सहित शिवपुर मा.वि.का विद्यालय व्यवस्थापन समिति अध्यक्ष एवं जोरायल-३ का वडा अध्यक्ष नवीन ओझाले अक्षयकोष निर्मातालाई विशेष धन्यवाद दिए ।
विभिन्न सरोकारवालाहरुको सहभागितामा गरिएको अक्षयकोष स्थापना कार्यक्रममा प्रमुख अतिथी जोरायल गाउँपालिकाका उपाध्यक्ष जमुना बोहरा र बिशिस्ट अतिथी जोरायल गाउँपालिका, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख तेज बहादुर खत्रीले अक्षयकोष निर्माताप्रति सम्मान व्यक्त गर्दै अक्षयकोषले विद्यालयलाई ठूलो सहयोग पुर्याउनुका साथै अभिभावक र सहयोगकर्तालाई पनि प्रेरणा मिल्ने बताए । अक्षयकोष स्थापना गरेकोमा विद्यालयले जोशी परिवारलाई प्रशंसा-पत्र सहित सम्मान पनि गरेको छ ।

Нет описания.
यसैबीच पशुपति देवी जोशीले विगत २०५० सालदेखि हालसम्म झण्डै ३० वर्ष महिला स्वास्थ स्वयम् सेविकाको रुपमा अविछिन्न सेवा गरेको सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्रमा अक्षयकोष स्थापना गर्न पाएकामा खुशी व्यक्त गरिन ।
लामो समयसम्म आफुले सेवा गरेको संस्थाप्रतिको माया र सो स्वास्थ्य संस्थामा उपचार सेवा लिन आउने गरीब, अनाथ, असहाय बिरामी, नवजात शिशु र आमाका साथै संस्थामा काम गर्ने उत्कृष्ट कर्मचारीलाई अक्षयकोषबाट सहयोग प्रदान गर्ने उद्देश्य रहेको उनलेे बताइन् ।
स्वास्थ्य केन्द्र जस्तो संवेदनशील क्षेत्रमा सहयोग प्रदान गर्न अक्षयकोष स्थापना गरेकोमा सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समिति अध्यक्ष एवं जोरायल-३ का वडा अध्यक्ष नवीन ओझा, जोरायल गाउँपालिका उपाध्यक्ष जमुना बोहरा, स्वास्थ्य केन्द्रका डाक्टर अजय यादव लगाएतले अक्षयकोष निर्मातालाई विशेष धन्यवाद दिए ।
अक्षयकोष निर्मातालाई स्वास्थ्य केन्द्रका तर्फबाट प्रशंसा-पत्र सहित सम्मान पनि गरेको छ ।
इश्वरीदत्त जोशीका परिवारले २०७९ मंसिर २५ गतेका दिन जोरायल गाउँपालिका ४ बिनोडास्थित बेताल आधारभूत विद्यालयमा एक लाख पच्चीस हजार राशीको ‘धनन्जय अम्बा विद्यालय हित अक्षयकोष’ को स्थापना गरेको थियो ।
आफ्नो परिवारबाट स्थापना गरिएका अक्षयकोषबाट सामाजिक सेवा गर्न पाउँदा खुशी व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता कार्यमा लागिपर्ने शिक्षण पेशामा आवद्ध युवा केशवनारायण जोशीले नजर अनलाइनलाई प्रतिवद्धता जनाए । Нет описания.Нет описания.

 

Leave A Reply

Your email address will not be published.