डेउडा गीत : रेट छैन मालको..
– खडक मल्ल
आलु लाए बिमा छैन, धान लाए फल्लैन ।
कृषकको धन्दा एई हो , न गरे चल्लैन ।।
खेतिपाती बदेललाई, धान लाए मुसालाई ।
आलुबाली डडुवालाई, टमाटर पुसलाई ।।
सिँचाई छैन किसानलाई, रेट छैन मालको ।
बजार छैन तरकारीलाई, भाउ छैन हालको ।।
छ मैनामी फल फल्लो छ, फाल्लो छ पसिना ।
बिमा हुन्न तरकारिमा, रोकिन्न असिना ।।
बाँझो भयो जग्गा जमीन, जङ्गल भरिए ।
गुना बान्दर बदेल जती, यो ठाउँमा छरिए ।।
बस्ती पनि सहर मुखी, स्कुल छैन गाउँमा ।
बदेलले घोगा खायो, दिमाग छैन ठाउँमा ।।
सरकारको नीति छैन, कृषकलाई बचाउने ।
स्वदेश नौकरी छैन, खाडीमा धपाउने ।।
कृषकलाई ग्यारेन्टी दे, बिमा लग अरिदे ।
कृषकलाई सम्मान गरौं, क्षति लै भरिदे ।।
कृषकलाई बचायो भने, तम् पनि बाँच्चे हौ ।
उत्पादनमा बृद्धि भए, तम सबै हाँस्य हौ ।।
उत्पादनमा बृद्धि भए, तम सबै हाँस्य हौ ।।
लेखक डोटीको जोरायल गाउँपालिका १ तिलाचौड निवासी मल्ल तरकारी फर्मका सञ्चालक, अगुवा कृषक एवं कृषि ज्ञान केन्द्र डोटीका कृषक पाठशाला सहजकर्ता हुनुहुन्छ ।