डेउडा गीत : किसानको सरकार, आउने होला कब ?
– नवीन ओझा
नेपाल विकास थियो, कृषि हुन्थ्यो जैल ।
कृषि छाड्यो सब जनाले, डामाडोल भ्यो ऐल ।।
उसाइ लाग्दा गुना बानर, उसाई लाग्दा बनेल ।
साग भाँजी तुसारो खानो, नै बनाए टनेल ।।
न किसानलाई सहयोग छ, न त सहुलियत ।
कसा आए जुग जमाना, काँ ब गयो सत ?
फसल बेचिनैन् लाग्यो, नेपाल फलेको ।
इन्डियाको साग आउँछ, च्याम्बरमा गलेको ।।
डाँडाकाँडा उसाइ रया, बनमारो भरियो ।
अर्थतन्त्र टाँट पल्ट्यो, अल्पत्र परियो ।।
किसान भने हेला लाउना, ठूला बडा सब ।
किसानको सरकार, आउन्या होला कब ?
(लेखक डोटीको जोरायल गाउँपालिका – ३ का वडा अध्यक्ष पनि हुनुहुन्छ ।)