डोटी क्याम्पसमा अनेरास्ववियु र नेविसंघको सिङ्गल प्यानल, अखिल क्रान्तिकारी र समाजवादीबिच गठबन्धन
फाल्गुन २८, डोटी ।
डोटी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको लागि राजनीतिक विद्यार्थी संघसंगठनका तर्फबाट उम्मेदवारी दर्ता गराएका छन् ।
नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियु र नेपाली काङ्ग्रेस निकट नेपाल विद्यार्थी संघले आफ्नो एकल प्यानल सहित उम्मेदवारी दिएका छन् । तर नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) र नेकपा एकीकृत समाजवादी निकट अखिल (समाजवादी)बिच भने गठबन्धन सहितको उम्मेदवारी दर्ता भएको डोटी बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन समितिको कार्यालयले जानकारी दिएको छ ।
अनेरास्ववियुको तर्फबाट अध्यक्षमा सुरेश रोकाया, सचिवमा मोहन ऐर, कोषाध्यक्षमा इश्वरी मलासी र सदस्यमा दिनेश ऐर, दिपा धामी, प्रियंका श्रेष्ठ, मोहन भुल र खडक बिष्टको उम्मेदवारी छ ।
यता नेविसंघको तर्फबाट अध्यक्षमा इन्द्र राणा, सचिवमा साजन रावल, कोषाध्यक्षमा दिपा बिष्ट र सदस्यमा रविन्द्र भण्डारी, हरिश साउँद, उषा धामी, धर्म सिं बम र पुष्कर बोहराले उम्मेदवारी दिएका छन् ।
गठबन्धनबाट उम्मेदवारी दर्ता गराएका अखिल (क्रान्तिकारी) को भागमा अध्यक्ष, कोषाध्यक्ष र चार जना सदस्य छन् भने सचिव र एक सदस्य अखिल (समाजवादी) को भागमा छन् ।
जस अनुसार अखिल (क्रान्तिकारी) बाट अध्यक्षमा अजित सिंह, कोषाध्यक्षमा रुकमणी बिष्ट र सदस्यमा सुन्तली नाथ योगी, कौशल साउँद, दिपा बिक र रेखा गाह मगरको उम्मेदवारी परेको छ । अखिल (समाजवादी) बाट सचीवमा हरिष बोगटी र सदस्यमा लोकेन्द्र बहादुर थापाले उम्मेदवारी दिएका छन् ।
आगामी चैत्र ५ गते हुने स्ववियु निर्वाचनको यतिबेला सरगर्मी बढेको छ ।