डोटीको शिखर ९ का कार्यालय सहयोगी खत्री मृत भेटिए

944

मंसिर १४, डोटी ।
डोटीको शिखर नगरपालिका–९ उच्चाकोटका वडा कार्यालय सहयोगी तारा सिंह खत्री मृत अवस्थामा भेटिएका छन् ।
आइतबार बिहान करिब ८:१५ बजे भित्री कच्ची सडक खण्डको बायाँपट्टि अन्दाजी ५५/५६ वर्षका खत्री मृत भेटिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
घटना बारे सिताराम बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख दीपक साँउदले प्रहरीलाई जानकारी गराएपछि प्रहरी सहायक निरीक्षक चन्द्रबहादुर बलायरको कमाण्डमा तीन जनाको प्रहरी टोली घटनास्थलतर्फ खटिएको जनाइएको छ ।
विस्तृत अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय डोटीबाट प्रहरी निरीक्षक नवराज रावलको नेतृत्वमा टोली पनि घटनास्थलतर्फ गएको छ ।

Leave A Reply

Your email address will not be published.