एमाले डोटीले टुङ्ग्यायो सर्वसम्मत प्रतिनिधि चयन

725

मंसिर १४, डोटी ।
नेकपा (एमाले) डोटीले ११ औं राष्ट्रिय महाधिवेशनको लागि प्रतिनिधि चयन आइतबार सम्पन्न गरेको छ ।
मंसिर १२ गतेदेखि उम्मेदवार चयनमा जुटेको डोटी एमालेले तीन दिनदेखिको निरन्तर छलफलपछि प्रतिनिधि चयन सर्वसम्मत टुङ्ग्याएको एमाले डोटी अध्यक्ष मन्जु मलासीले बताइन् ।
छनौट भएका प्रतिनिधिहरुमा खुल्लातर्फ चक्र बहादुर मल्ल, दुर्गादत्त ओझा, डम्बर सिं डौडी, लक्ष्मण मलासी, हस्त बहादुर बुढा रहेका छन् ।
त्यस्तै महिला तथा दलित क्लष्टरतर्फ मन्जु मलासी, लक्ष्मी देवी मल्ल, सीता बि.क.(बेल्ल कामी) र धन बहादुर नेपाली रहेका छन् ।
४० वर्ष मुनिको युवाबाट बम बहादुर बम चयन भएको निर्वाचन परिणाम घोषणा सूचनामा उल्लेख छ ।

डोटीबाट जम्मा १० जना प्रतिनिधि छनोट भएका छन् ।

एमालेको अपानी १३ अनुसार मंसिर १३ गते देशभर एकैसाथ प्रतिनिधि छनौट गर्ने र मंसिर १५ गतेभित्र केन्द्रमा विवरण पठाइसक्नुपर्ने समयसीमा दिएको थियो । तर डोटीमा सहमति जुटाउन निकै सकस परेपछि आज १४ गतेमात्रै प्रतिनिधि टुङ्गो लगाएको हो ।

Leave A Reply

Your email address will not be published.