डोटीमा रातको रात सम्पूर्ण मतपेटिका सदरमुकाम सिलगढी पुर्याइयो

463

फाल्गुन २२, डोटी ।
विहिबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा डोटीका १८१ वटै मतदान केन्द्रका मतपेटिका सदरमुकाम सिलगढी पुर्याइएको छ ।
मतदान सकिए लगत्तै प्रत्येक मतदान केन्द्रका मतपेटिका नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तीनवटै सुरक्षा निकायको विशेष सुरक्षा सहित मतदान अधिकृतहरुले रातारात गाडीमार्फत सदरमुकाम पुर्याएका हुन् ।
शुक्रबार बिहान ५:३० बजे सम्पूर्ण मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगिसकेको जिल्ला निर्वाचन कार्यालय डोटीका निर्वाचन अधिकारी करुणाकर पन्तले जानकारी दिए ।
डोटीका कूल ११८ मतदान स्थलका १८१ मतदान केन्द्रमा ५२ हजार ४८५ जनाले मतदान गरेका छन् । जम्मा १ लाख २८ हजार ३ सय ९९ मतदाता रहेकोे डोटीमा ३१ हजार ९ सय २ महिला र २० हजार ५ सय ८३ पुरुष जना मतदाताले मतदान हुन् । जुन कुल मतदाता संख्याको ४०.८८ प्रतिशत मात्रै हो ।

मतगणना गर्ने समय र मतगणनाका अन्य विषयमा आज बिहान ८:३० बजे सर्वदलीय बैठक बसेर निर्णय गरिने श्रोतले बताएको छ ।

Leave A Reply

Your email address will not be published.