रसुवामा सुरुङभित्र फसेका डोटीको गड्सेराका ४ जना शकुसल

3,567

भाद्र १५, डोटी ।
यही भाद्र १० गते रसुवाको भोटेकोसीमा आएको भीषण बाढीमा परेका डोटीका चार जना युवाहरू सकुशल रहेको पाइएको छ ।
रसुवाको २१६ मेघावाट जलविद्युत परियोजनामा कार्यरत जोरायल गाउँपालिका ५ गड्सेराका ती युवाहरूलाई सम्बन्धित कम्पनीमार्फत सकुशल काठमाडौ पुर्याइएको हो ।
सकुशल उद्दार हुनेमा वर्ष २६ का खडक रजवार, वर्ष २४ का दुरन सेटी, वर्ष २६ को मनोज सेटी र वर्ष २९ को हिक्मत सेटी रहेका छन् ।
आफुहरु बाढी आउँदा सुरुङभित्र रहेको र सोही दिन सुरुङ्गबाट निस्किन सफल भएको खडक रजवारले बताए ।
दोस्रो दिन बटार आएर कम्पनीको सहायतामा अहिले काठमाडौमा रहेको उनलेे बताए ।
आफुसङ्ग आर्थिक रूपमा केही नभएकोले आज साथीको कोठामा बास बस्ने उनीहरुले बताएका छन् ।
उनीहरुलाई भोलि मंगलबारसम्म डोटी ल्याइने जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.