जोरायलका पाँच कराते खेलाडीले पाए `पहिलो डिग्री ब्ल्याक बेल्ट´

459

भाद्र १७, डोटी ।
डोटीको जोरायल गाउँपालिका कराते (डोजो) का पाँच खेलाडीले करातेको `पहिलो डिग्री ब्ल्याक बेल्ट´ (Sho Dan) हासिल गरेका छन्।
नेपाल कराते महासंघ तथा राष्ट्रिय गोजुरियो कराते–दो संघ सुदूरपश्चिम प्रदेशको आयोजनामा भाद्र १३ र १४ गते सम्पन्न प्रदेशस्तरीय दीक्षान्त समारोहमा जोरायलका पाँच खेलाडीले सफलतापूर्वक Sho Dan (1st Degree Black Belt) प्राप्त गरेका हुन्।
ब्ल्याक बेल्ट प्राप्त गर्ने खेलाडीहरूमा प्रमोद कठायत, विशाल साउद, शोभा बोहरा, लक्ष्मी बी.क. र बिमला बोहरा रहेका छन्।
लामो समयदेखि अनुशासन, लगनशीलता र निरन्तर अभ्यास गर्दै आएका उनीहरूले पहिलो डिग्री ब्ल्याक बेल्ट हासिल गरेसँगै जोरायलको कराते क्षेत्रलाई समेत थप उत्साहित बनाएको छ ।
यस्तै, डोजोका अर्का खेलाडी दीपक शाहूले यसअघि नै २०८१ मा ब्ल्याक बेल्ट प्राप्त गरिसकेको राष्ट्रिय गोजुरियो कराते दो संघ नेपाल डोटीका प्रमुख प्रशिक्षक एवं जोरायल गाउँपालिकाका खेलकुद प्रशिक्षक पवन कुमार शाहुले बताए ।
ब्ल्याक बेल्ट हासिल गर्ने खेलाडीहरूको सफलताले जोरायलमा कराते खेलप्रतिको आकर्षण र खेलाडीहरूको मनोबल थप बढ्ने अपेक्षा गरिएको छ।
हाल जोरायल कराते डोजोमा नियमित रूपमा करिब ६० जना खेलाडीहरूले नियमित प्रशिक्षण लिइरहेका छन्।
खेलकुद विकास र खेलाडीको उत्पादनमा यो सफलताले थप ऊर्जा मिलेको प्रशिक्षक शाहूले बताएका छन् ।
जोरायल गाउँपालिकाले विभिन्न विधाका खेलमा सहभागी हुँदै जिल्ला स्तरीय राष्ट्रपति रनिङ शील्डमा पनि पछिल्लो दुई वर्ष लगातार जीत हात पारेको छ ।
यससङ्गै जोरायल गाउँपालिकाले खेल क्षेत्रमा गरेको लगानी पनि उपलब्धिमुलक देखिएको छ ।

Leave A Reply

Your email address will not be published.