नेपालमा थप २०५९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १ लाख नाघ्यो
शुक्रबार कहाँ कति संक्रमित थपिए ?
असोज २३, डोटी ।
नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा गरिएको १३ हजार २ सय ७९ नमुना परीक्षणमा ७ सय ३२ महिला र १ हजार ३ सय २७ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या एक लाख नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कूल संक्रमित संख्या १ लाख ६ सय ७६ जना संक्रमित भएका छन् । जसमध्ये कोरोना संक्रमित ६ जना पुगेको छ । त्यस्तै हालसम्म ७३ हजार २३ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा १ हजार ६ सय ८० जना संक्रमणमुक्त भएका छन् ।
देशभर २७ हजार ५३ संक्रिय संक्रमित छन् ।
शुक्रबार कहाँ कति संक्रमित थपिए ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार काठमाडौं उपत्यकाका १ हजार ४ सय ९ जना संक्रमित थपिएका छन् । काठमाडौंमा १ हजार १ सय १६, ललितपुरमा १ सय ६३ र भक्तपुरमा १ सय ३० जना थपिएका छन् ।
त्यसैगरी मोरङका ८६ जना, मकवानपुरका ६७, दाङका ६५, चितवनका ५१, बाँकेका ४५, काभ्रेका ४०, कास्कीका २८, सुनसरीका २६, नवलपुरका २५, रामेछापका १९, महोत्तरीका १७, पर्साका १५, गोरखाका १२, बारा र सिन्धुलीका ११/११ जना, रौतहट र बर्दियाका ९/९ जना, झापा, तनहुँ र दैलेखका ८/८ जना, सर्लाही र धादिङका ७/७ जना तथा सिन्धुपाल्चोकका ६ जनामा संक्रमण पुष्टि भएको छ ।
गुल्मी र कालीकोटका ५/५ जना, नुवाकोटका ४, खोटाङ, धनुषा, दोलखा, पर्वत, लमजुङ, अर्घाखाँची, प्युठान, रुपन्देही सल्यान र सुर्खेतका ३/३ जना, धनकुटा, बाग्लुङ, पाल्पा, रुकुम पूर्व, रोल्पा, कञ्चनपुर र कैलालीका २/२ जना तथा उदयपुर, भोजपुर, सप्तरी, सिराहा, स्याङ्जा, कपिलवस्तु, रुकुम पश्चिम,डोटी र बैतडीका १/१ जना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मनाङ् र मुस्ताङ जिल्ला कोरोना मुक्त रहेका छन् ।