सार्वजनिक यातायातमा स्वास्थ्य सुरक्षा मापदण्ड लागु गर्न माग गर्दै अनेरास्ववियु डोटीद्वारा प्रशासनको ध्यानार्षण

749

असोज २८, डोटी ।
जताततै कोरोना भाईरसको संक्रमण फैलिईहेका बेला सार्वजनिक यातायातमा स्वास्थ्य सुरक्षा मापदण्ड लागु गर्न माग गर्दै अनेरास्ववियु डोटीले जिल्ला प्रशासन कार्यालय डोटीलाई ज्ञापन पत्र बुझाएको छ ।
यतिबेला यातायातका साधनमा ५० प्रतिशत मात्र यात्रु राख्ने सरकारको निर्णय भएता पनी भाडादर मात्र ५० प्रतिशत थप लिएको तर यात्रु भने खचाखच भर्ने गरेको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थि युनियन डोटीले जनाएको छ ।
त्यस्तै यातायातका साधनमा स्वास्थ्य सुरक्षाका मापदण्ड पनि पुरा नगर्ने गरेको र भाडा मात्र बढी लिने गरेकोले यस सम्बन्धमा आवश्यक कारवाही गर्न माग गर्दै अनेरास्ववियुले प्रमुख जिल्ला अधिकारी भिम प्रशाद भट्टराईलाई ज्ञापनपत्र बुझाएका हो ।
अनेरास्ववियुका केन्द्रीय सदस्य बिर बहादुर थापा, डोटी जिल्ला संयोजक डलब बोहरा र सह–संयोजक गणेश बम नेतृत्वको टोलीले प्रजिअ भट्टराईलाई ज्ञापनपत्र बुझाएका हुन ।
नागरिकको सुरक्षाका लागी सरकारले निर्धारण गरेको भाडा लिने तर स्वास्थ्य मापदण्ड पुरा नगरेर यातायात व्यवसायीले उल्टै यात्रुलाई शोषण गरेको भन्दै प्रशासनलाई झकझक्याएको संयोजक डबल बोहराले बताए ।
दशैँ नजिकिएसंगै नागरिकको आवत–जावत बढ्ने भएका कारण अहिले प्रशासन चनाखो भएर लाग्न आवश्यक भएको अनेरास्ववियुका सह–संयोजक गणेश बमले बताए ।
जवाफमा प्रमूख जिल्ला अधिकारी भट्टराईले यातायात व्यवसायीसँग आवश्यक छलफल गरेर प्रभावकारी कार्यान्वयनमा जोड दिने आश्वासन दिएका थिए ।

Leave A Reply

Your email address will not be published.