स्वर्गीय प्रनानी रावलको परिवारलाई आर्थिक सहयोग प्रदान

643

असोज २८, कञ्चनपुर ।

यहि असोज ८ गते दार्चुलामा होटेलमा बास बसेको समयमा आकस्मिक निधन भएका प्रहरी नायव निरिक्षक धु्रव रावलको परिवारलाई आर्थिक सहयोग गरिएको छ ।
इलाका प्रहरी कार्यालय झलारी कञ्चनपुरका इञ्चार्ज प्रहरी निरिक्षक कर्ण बहादुर बोहराको पहलमा साबिकको मध्य क्षेत्र प्रहरी तालिम केन्द्र भरतपुर चितवनमा प्रहरी अधिकृत, प्रहरी सहायक निरीक्षक १३८ औं समूहका प्रहरी अधिकृतहरुको सामुहिक सहयोगमा रु. १ लाख ४७ हजार ३ सय ४५ रुपैंया सहयोग प्रदान गरिएको हो ।
इप्रका झलारीमा आयोजित श्रद्धाञ्जली कार्यक्रमबाटै मृतक रावलका छोरा आयुष रावललाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरिक्षक अमर बहादुर थापामार्फत परिवारलाई हस्तान्तरण गरिएको जनाईएको छ ।
वि.सं. २०६० सालमा जागिरे सेवामा प्रवेश गरेका कैलालीको टिकापुर नगरपालिका वडा नं. १ घर भएका रावलको दल्लेख प्रहरी चौकी दार्चुलाबाट दार्चुलाकै इलाका प्रहरी कार्यालय हुतीमा हाजिर हुन जाने क्रममा बाङ्गाबगरमा होटेलमा बास बसेकै समयमा आकस्मिक निधन भएको थियो ।

Leave A Reply

Your email address will not be published.