सिड नेपाल डोटीद्वारा तीन स्थानिय तहमा ६६ वटा पिपिई सेट हस्तान्तरण
भागरथी मडै
असोज २८, डोटी ।
समान पहुँच विकास केन्द्र (सिड) नेपाल डोटीले जिल्लाका ३ वटा स्थानीय तहमा ६६ वटा पिपिई सेट हस्तान्तरण गरेको छ ।
मंगलबार सायल गाउपालिकामा २२ वटा पिपिई सेट हस्तान्तरण गरेको उत्त सँस्थाले बुधबार दिपायल सिलगढी नगरपालिका र पूर्वीचौकी गाउँपालिकालाई पनि २२/२२ वटा पिपिई सेट हस्तान्तरण गरेको सिड नेपालका कार्यक्रम संयोजक किशोर सेनले जानकारी दिए ।

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणमा सघाउने उद्धेश्यले उक्त सहयोग हस्तान्तरण गरिएको जनाईएको छ ।
स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको सिड नेपालले पछिल्लो समयमा कोरोना महामारी नियन्त्रणका लागि बेलाबेलामा सहयोग गर्दै आएको छ ।
