महिला शक्ति विकास केन्द्र नेपालको सामाजिक लेखा परीक्षण सम्पन्न

576

असोज २८, डोटी ।

काठमाण्डौको गैरसरकारी सँस्था महिला शक्ति विकास केन्द्र नेपालले आफ्नो कार्य क्षेत्र डोटीमा आर्थिक वर्ष २०७६/०७७ को सामाजिक लेखा परीक्षण कार्यक्रम बुधबार सम्पन्न गरेको छ ।
डोटीको दिपायल सिलगढी नगरपालिकामा वडा नं. १ र ७ मा कार्यरत उक्त सँस्थाले आफ्नो जिम्मेवारी, त्यसको पालना गर्न भए गरेका प्रयास तथा कार्यसम्पादनको लेखाजोखा गर्न र मार्गदर्शक सुझाव संकलनका लागि सामाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न गरेको जनाएको छ ।
महिला नेतृत्व विकास कार्यक्रम अन्तरगत मुख्यतया सामाजिक, आर्थिक र राजनीतिक शशक्तिकरणका क्षेत्रमा कार्य गर्दै आएको सो सँस्थाले विभिन्न गाउँ महिला समूहमार्फत काम गरिरहेको छ ।
सामाजिक परीक्षण कार्यक्रममा प्रमूख अतिथिका रुपमा बोल्दै दिपायल सिलगढी नगरपालिका प्रमूख मञ्जु मलासीले महिला नेतृत्व विकास अन्तरगत महिलामा परिवर्तन, आत्मनिर्भरता र शशक्तिकरण आजको आवश्यकता भएको बताईन् ।
महिला शक्ति विकास केन्द्रले बनाएका गाउँ महिला समूहको दीगोपनाका लागि समूह समूहबाट पनि एउटा सञ्जाल बनाएर काम गर्नुपर्ने र कार्यक्रमको दीगोपनाका लागि सबैले सोच्नुपर्ने धारणा व्यक्त गरिन् ।
त्यस्तै दिपायल सिलगढी नगरपालिकाका प्रवक्ता तथा वडा नं. ७ का वडा अध्यक्ष कर्ण बिष्टले महिलाको शशक्तिकरण अन्तरगत पनि आर्थिक शशक्तिकरणमा बढी जोड दिनुपर्नेमा जोड दिए ।


त्यस्तै वडा नं. १ का वडा अध्यक्ष बहादुर खड्काले महिलाहरुले समुहमा बचत गरेको रकमलाई उद्यमशिलतासँग जोड्नु आवश्यक रहेको बताए ।
कार्यक्रममा दिपायल सिलगढी नगरपालिकाका प्रमूख प्रशासकीय अधिकृत खेमराज गुरुङ्, गैर सरकारी सँस्था महासंघ डोटीका अध्यक्ष रघु बहादुर कठायत, नेपाल पत्रकार महासंघ डोटीका कोषाध्यक्ष अरुण बम लगाएतले आ–आफ्ना भनाई तथा सुझावहरु औल्याएका थिए ।
कार्यक्रमबाट प्राप्त सुझावहरुलाई आत्मसाथ गर्दै आगामी दिनमा सुधार गर्दै जाने महिला शक्ति विकास केन्द्र नेपालका क्षेत्रीय संयोजक तारा कुमारी कार्कीले प्रतिवद्धता जनाईन् ।


विभिन्न जनप्रतिनिधी, सरकारी कर्मचारी, सरोकारवाला निकायका प्रतिनिधी, सँस्थाको कार्य क्षेत्रका महिलाहरु लगाएत सहभागि कार्यक्रमको सहजिकरण पत्रकार तथा सहजकर्ता झलक पालीले गरेका थिए ।

Leave A Reply

Your email address will not be published.