व्यक्तिबाट मासिक ५ रुपैंया उठाएर शुरु गरिएको सहकारीले करोडौंको कारोबार गर्दै

528

प्रेम नेपाली
पौष ४, डोटी ।

वि.सं. २०७० सालमा प्रत्येक व्यक्ति व्यक्तिबाट मासिक ५ रुपैंया जम्मा गर्दै शुरु गरेको डोटीको एक सहकारी अहिले करोडौंको कारोबार गर्न सफल भएको छ ।
आदर्श गाउँपालिका वडा नं. २ मौवा नगरदहमा रहेको श्री नमा शिवशक्ति बचत तथा ऋण सहकारी सँस्थाले करोडौंको कारोबार गर्न सफल भएको हो ।
शनिबार सम्पन्न उक्त सहकारी सँस्थाको पाँचौं साधारण सभामा दिईएको जानकारी अनुसार आर्थिक वर्ष २०७६÷०७७ को असार मसान्तसम्ममा १ करोड ५१ लाख ७२ हजार ८ सय १४ रुपैंयाको कारोबार गरेको छ ।
चालु आर्थिक वर्षको अहिलेसम्म कारोबार बढेर करिब १ करोड ७५ लाख जति पुगेको उक्त सहकारी सँस्थाका कोषाध्यक्ष चन्द्रदेव ओझाले जानकारी दिए ।
जम्मा ४ सय जना शेअर सदस्य रहेको उक्त सहकारीले अहिले आदर्श गाउँपालिकाभरी नै कार्यक्षेत्र बिस्तार गरेको छ । वि.सं. २०७२ सालमा दर्ता भएको उक्त सहकारीले बचत तथा ऋण सेवा दिंदै आएको छ भने अहिले आफ्नै जमीन तथा कार्यालय भवन रहेको सहकारीले २ जनालाई प्रत्यक्ष रोजगारी पनि प्रदान गरेको जनाईएको छ ।

No description available.सो सहकारीको पाँचौ साधारण सभामा प्रमूख अतिथिका रुपमा बोल्दै आदर्श गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष लाल बहादुर बिष्टले श्री नमा शिवशक्ति बचत तथा ऋण सहकारी सँस्था आदर्श गाउँपालिकाका सबै वडाहरुमा विस्तार भएर काम गरिरहेकोले नमूना सहकारी भएको बताए । साथै गाउँपालिकाबाट सो सहकारीका लागि हुनसक्ने सहयोगका लागि आफ्नो प्रतिबद्धता समेत जनाए ।
कार्यक्रममा बोल्दै सो सहकारी सँस्थाका अध्यक्ष मोहन बहादुर खड्काले निकट भविष्यमै सहकारीमार्फत बैंक सुविधा पनि सञ्चालन गरिने प्रतिबद्धता जनाए । साथै यतिञ्जेलसम्म सहकारी सँस्थालाई अगाडी बढाउन सघाउने सबैलाई अध्यक्ष खड्काले विशेष धन्यवाद सहित आभार व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगका लागि सबैलाई आग्रह गरे ।

No description available.
यस सहकारी सँस्थाले डेरी सञ्चालन, तरकारी खेती, कुखुरा पालनका लागि सहुलियत दरमा ऋण प्रवाह गर्दै आएको छ ।
यसैबिच आदर्श गाउँपालिकाको गौरवको योजना मौवा नगरदहमा केहि समय पहिले निर्माण सम्पन्न भई सञ्चालनमा आएको डिप बोरिङ् खानेपानी योजनाको समेत काम गरेकाले सोको सामाजिक परीक्षण कार्यक्रम सहित परियोजना पनि शनिबार नै हस्तान्तरण गरेको छ ।

No description available.

Leave A Reply

Your email address will not be published.