डोटीमा कुहिएको अवस्थामा महिलाको शव फेला, सनाखत हुन बाँकी

445

बैशाख ८, डोटी ।
डोटीमा मंगलबार राती कुहिएको अवस्थामा एक महिलाको शव फेला परेको छ ।
दिपायल सिलगढी नगरपालिका वडा न ७ र पुर्वीचौकी गाउँपालिका १ को सिमा क्षेत्रमा रहेको गेटभन्दा केही परतिर सडकभन्दा करिब एक किलोमीटर तल उक्त शव भेटिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले जानकारी दिए ।
सो क्षेत्रमा महिलाको शव छ भन्ने प्रहरीले हल्ला सुनेपछि मंगलबार बेलुकी ६ बजेतिर टोली परिचालन गर्दा राती करिब ८:३० बजेतिर शव भेटिएको मल्लले बताए ।
घटनाको जानकारी आएपछि राती ९ बजेतिर स्वयं आफू पनि घटनास्थल पुगेको प्रहरी नायब उपरीक्षक मल्लले अन्दाजी ३५/४० वर्षको देखिने महिलाको उक्त शव पहिचान हुन नसकेको बताए ।
महिलाको टाउकोमा पुरै धमिरा लागिसकेको र शरीर कुहिएको अवस्थामा रहेको जनाइएको छ ।
प्रहरी श्रोतका अनुसार घटनास्थल नजिक पुरुषले लगाउने खालको एउटा चस्मा फेला परेको र एउटा झोलाभित्र महिलाको ओढ्ने सौल पनि भेटिएको छ ।
दिपायल सिलगढी नगरपालिका ८ मा रहेको लडागडा प्रहरी चौकी इन्चार्ज, प्रहरी नायव निरीक्षक खेमराज पन्त नेतृत्वको टोली रातभर घटनास्थलको सुरक्षामा खटिएको र आज उज्यालो हुने बित्तिकै जिल्लाबाट प्रहरी टोली परिचालन गरि विस्तृत अनुसन्धान प्रक्रिया अगाडि बढाइने
प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.