सुदूरपश्चिमका तीन मन्त्री एमालेको साधारण सदस्यबाटै निष्कासित

633

जेठ १४, धनगढी ।

नेकपा एमालेले पार्टीको निर्णय उल्लंघन गरेको भन्दै सुदूरपश्चिम प्रदेश सरकारका तीन मन्त्रीलाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ ।

स्थायी कमिटी बैठकले दिएको निर्देशन अटेर गरेको र प्रदेश कमिटीले सोधेको स्पष्टीकरण समेत चित्तबुझ्दो नदिई माओवादी सरकारमा सामेल भएकाले निष्कासन गरिएको प्रदेश अध्यक्ष कर्णबहादुर थापाले बताए ।

निष्कासित हुनेमा संसदीय दलका नेता समेत रहेका प्रकाश शाह, कृष्ण सुवेदी र माया भट्ट छन् । यसैबीच माधव नेपाल पक्षमै विवादपछि कृष्ण सुवेदी र माया भट्ट आज विस्तारित मन्त्रिपरिषदमा छुटेका छन् । – नेपाल प्रेसबाट

Leave A Reply

Your email address will not be published.