विश्व कृतिमानी बहिरा कलाकार सुजल बमको “प्रेमको माला” सार्वजनिक (भिडियो सहित)
विश्व कृतिमानी बहिरा कलाकार एवं डोटेली चेली सुजल बमको नयाँ म्युजिक भिडियो “प्रेमको माला” सार्वजनिक भएको छ । गायक नरेन्द्र प्यासीको सँगीत र स्वरमा सजिएको गीतमा दुर्गा खतिवडा भट्टराईको शब्द रहेको छ । उक्त गीतको म्युजिक भिडियोमा सुजलसँगै दिनेश कठायतको दमदार अभिनय रहेको छ ।
चर्चित मोडल सनम कठायतको परिकल्पनामा अन्जन शर्माले निर्देशन गरेको उक्त म्युजिक भिडियो दिपक गिरीले छायांकन गरेका हुन् भने राजेश कुमारले सम्पादन गरेका छन् । गीतको एभरेष्ट ग्यालरीले बजार व्यवस्थापन गरेको सुजलका बुबा टेक बमले बताए ।