कविता – खै के छ त यहाँ ?

1,531

– राजन लुईटेल

खै कहाँ छ चेतना यहाँ
जुवाडेको त चाला उही छ,
खै कहाँ बदलियो त मानसिकता
जड्याहाँको पारा त उही छ,
के ग¥यौ त सामाजिक सेवा
स्वार्थको गन्ध त उही छ ।

त्यसैल त कामभन्दा शान ठुलो छ,
नाम भन्दा दाम ठुलो छ,
भएर खानेको दशा उही छ,
दिएर खानेको मजा छँदैछ,
खानको लागी बाँच्ने र
बाँच्नको लागी खानेको द्वन्द छँदैछ,
बसी खाने र गरी खानेको द्वन्द बढ्दैछ,
खै कहाँ छ यहाँ आमुल परिवर्तन
सोह्रौ सताब्दि भएको छ वर्तमान ।

खै कहाँ छ यहाँ श्रमको मुल्य
दिनदिनै भएको छ पानीको थोपातुल्य ।
के ग¥यौ त संरचना फेरबदल
राज्यको शासकीय प्रणाली त उही छ,
त्यसैले त यहाँ अधिकारभन्दा शासन ठूलो छ
विचारभन्दा त्याग ठूलो छ
अग्रगामी र पश्चगामीको द्वन्द छँदैछ
सोसित र सासक बिचको द्वन्द बढ्दैछ ।

खै कहाँ छ स्वतन्त्रता यहाँ
बुट र लठ्ठीले दमन भएकै छ,
खै कहाँ छ मानवता यहाँ
बालीकाहरु बलात्कृत हुनु परेकै छ,
कर छली र कालो धन त मौलाएकै छ,
मानवता हैन यहाँ दानवता गडेकै छ,
जनतालाई राहात भन्दा आहात बढेको छ ।

देशभक्तिको दुहाई दिनेले
लिपुलेकको माटोलाई बिर्सेको छ,
आँगनको सिमानामा बलिदान दिनेले
ग्रेटर नेपालको कल्पनालाई भुलेको छ,
त्यसैले पुर्खाको रगतको सम्मान त भएन नै यहाँ
भएको चाँही के छ त यहाँ ?

(लेखक गौरीशंकर माध्यमिक विद्यालय, गैरा, जोरायल, डोटीमा शिक्षण गर्नुहुन्छ ।)

Leave A Reply

Your email address will not be published.