प.प.मा.वि.डोटीको वार्षिक सामाजिक परीक्षण सम्पन्न

1,003

असोज २०, डोटी ।
डोटी जिल्ला सदरमुकाम सिलगढीमा अवस्थित पद्म पब्लिक मुक्ति नारायण माध्यमिक विद्यालयको आर्थिक वर्ष २०७७/०७८ को सामाजिक परीक्षण कार्यक्रम बुधबार सम्पन्न भएको छ ।
गत आर्थिक वर्ष २०७७/७८ मा विद्यालयको आय-व्ययको अवस्था, शैक्षिक प्रगतिको अवस्था, भौतिक अवस्था र विद्यालयप्रति समाजको बुझाइ एवं विद्यालयलाई प्राप्त मार्गदर्शक सुझाव अनुसार आगामी रणनीति तय गर्न सामाजिक परीक्षण आयोजना गरिएको हो ।
कार्यक्रमको उद्देश्यमाथी प्रकाश पार्दै प.प.मा.वि. डोटीका प्रधानाध्यापक गीता जोशीले शिक्षा नियमावली २०५९ र विद्यालय सामाजिक परीक्षण मापदण्ड २०७८ बमोजिम सामाजिक परीक्षण गरिएको बताइन् । भाद्र मसान्तसम्ममा सामाजिक परीक्षण गरिसक्नुपर्ने भए पनि कोरोना सङ्क्रमणको समस्याका कारण केही ढिलाइ भएको उनलेे बताइन् ।
कार्यक्रममा उक्त विद्यालयको सामाजिक परीक्षण समितिको तर्फबाट शिक्षक दिपेन मल्ल श्रेष्ठले र लेखापाल गणेश श्रेष्ठले छुट्टाछुट्टै प्रतिवेदन प्रस्तुतिकरण गरेका थिए ।
प्रतिवेदनमाथि कार्यक्रमका सहभागिहरुले आवश्यक छलफल सहित सुझावहरु औंल्याएका थिए ।
सो विद्यालयको शिक्षक अभिभावक संघमा सदस्य महेन्द्र बहादुर के.सी.को अध्यक्षता एवं शैलेश्वरी क्षेत्र विकास समिति अध्यक्ष प्रेमशंकर भट्टको प्रमुख आतिथ्यतामा सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, शैक्षिक क्षेत्रका प्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघका प्रतिनिधि, अभिभावक, पत्रकार, शिक्षक र विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
वि.सं. २००४ सालमा स्थापित उक्त विद्यालयमा यस शैक्षिक शत्रमा १ हजार ४० विद्यार्थीहरुले अध्ययन गरिरहेका छन् ।

Leave A Reply

Your email address will not be published.