डडेल्धुराको रडुवामा अवरुद्ध केआईसिंह राजमार्ग खुल्यो

954

कार्तिक ८, डोटी ।
असोज ३१ गतेदेखि कार्तिक २ गते रातिसम्म परेको अविरल वर्षाका कारण पहिरो आई डडेल्धुराको रडुवामा अवरुद्ध भएको केआईसिंह राजमार्ग सोमबार दिउँसोदेखि खुलेको छ ।
डोटी, अछाम र बाजुरा जोड्ने उक्त सडकको दुवै साइडबाट मेशिन प्रयोग गरेर अवरुद्ध ट्रयाक खोलिएको हो ।
हाललाई अस्थायी रुपमा भए पनि अवरुद्ध सडक सुचारू गरिएको छ ।
अहिलेलाई साना गाडी तथा डिजेल पेट्रोल बोकेका अत्यावश्यक सवारी साधनलाई छोडिएको जनाइएको छ ।
करिब एक सातादेखि डडेल्धुरा–डोटी जोड्ने उक्त राजमार्ग अवरुद्ध हुँदा डोटी, अछाम र बाजुराका यात्रुरुहरु मर्कामा परेका थिए ।
सडक सुचारू भएपछि सवारी व्यवसायी र यात्रुहरू खुशी भएका छन् ।

Leave A Reply

Your email address will not be published.