प्रेस चौतारी केन्द्रीय कमिटी बैठक पुस १० र ११ गते लुम्बिनीमा हुने

252

मंसिर २८, काठमाण्डौ ।
प्रेस चौतारी नेपालको नवौँ राष्ट्रिय अधिवेशनको मिति निर्धारण लगायत विषयमा छलफल गर्न आउँदो पुस १० र ११ गते रुपन्देहीको लुम्बिनीमा केन्द्रीय कमिटीको बैठक बस्ने भएको छ ।
प्रेस चौतारी नेपालले केन्द्रीय कमिटीमा अनुशासनको कारबाहीबाट हटाइएर रिक्त स्थानमा विधान अनुसार सदस्य मनोनयन र एकता प्रक्रियाबाट आएकालाई समायोजन गरेपछि पहिलो पटक केन्द्रीय कमिटी बैठक बस्न लागेको हो । बैठकमा केन्द्रीय आयोगका पदाधिकारी तथा सदस्यसमेत सहभागी हुने प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले जानकारी दिए ।
पछिल्लो पटक संशोधन गरिएको विधानमा आयोगका सदस्य पनि केन्द्रीय सदस्यकै सरह रहने व्यवस्था भएपछि दुवै आयोगका सदस्यलाई पनि केन्द्रीय कमिटी बैठकमा सहभागी गराइने बस्नेतले बताए ।
बैठकले राष्ट्रिय अधिवेनशनको मिति तोक्नुका साथै प्रदेश र जिल्ला अधिवेशनको मिति तय गर्नेछ ।
प्रेस चौतारीले आगामी फागुनभित्र नवौं राष्ट्रिय अधिवेशन सम्पन्न गरिने कार्ययोजनासहित अघि बढेको जनाएको छ ।

Leave A Reply

Your email address will not be published.