स्थानीय तहको निर्वाचन मिति यथाशीघ्र तोक्न सरकारलाई निर्वाचन आयोगको आग्रह

218
माघ ११, डोटी ।

निर्वाचन आयोगले सरकारलाई स्थानीय तहको निर्वाचन मिति यथाशीघ्र तोक्न आग्रह गरेको छ ।

आयोगले मंगलबार एक विज्ञप्ति जारी गर्दै तत्काल चुनावको मिति तोक्न आग्रह गरेको हो ।
नेपालको संविधान २०७२ बमोजिम पहिलो चरणमा २०७४ साल बैशाख ३१ गते दोस्रो चरणमा असार १४ गते र तेस्रो चरणमा असोज २ गते गरेर तीन चरणमा स्थानीय तहको निर्वाचन भएको थियो ।
पहिलो चरणमा २०७४ बैशाख ३१ मा सम्पन्न स्थानीय तहको निर्वाचनलाई आधार मानेर स्थानीय तहको दोस्रो निर्वाचन गर्ने बारे निर्वाचन आयोगले गत पुस ८ र ९ गते प्रधानमन्त्री शेर बहादुर देउवालाई जानकारी गराएको पनि प्रेस विज्ञप्तीमा उल्लेख गरेको छ ।
जस अनुसार आयोगले आगामी २०७९ बैशाख १४ गते एकै चरणमा र सम्भव नभए पहिलो चरण बैशाख १४ गते एवं दोस्रो चरण बैशाख २२ गते निर्वाचन गर्न यश अगावै प्रस्ताव गरिसकेको पनि स्मरण गराएको छ ।
वर्तमान संवैधानिक र कानुनी व्यवस्थाका आधारमा स्थानीय निर्वाचनको मिति तोक्न जति बिलम्ब हुन्छ, त्यति जटिलता थपिदै जाने भन्दै स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ४ उपदफा १ बमोजिम आयोगसँग परामर्श गरेर  यथाशीघ्र आगामी स्थानीय तहको निर्वाचन मिति तोक्न आयोगले सरकारसङ्ग आग्रह गरेको छ ।
हेर्नुस् प्रेस विज्ञप्ती-

No description available.

Leave A Reply

Your email address will not be published.