स्थानीय तहको निर्वाचन मिति तोक्ने लगाएतका मागसहित राष्ट्रिय युवा संघ डोटीले बुझायो प्रजिअमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र

399

माघ १४, डोटी ।
राष्ट्रिय युवा संघ नेपाल डोटीले स्थानीय तहको निर्वाचनको मिति समयमै तोक्ने लगाएतका विभिन्न समसामयिक माग राख्दै डोटीका प्रमूख जिल्ला अधिकारीमार्फत शुक्रबार प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।
राष्ट्रिय युवा संघका डोटी संयोजक गमबहादुर खत्री नेतृत्वको टिमले डोटीका प्रमुख जिल्ला अधिकारी शंकर बिष्टमार्फत उक्त ज्ञापन पत्र प्रधानमन्त्रीलाई बुझाएका हुन् ।
नेपाली काँग्रेसका सभापती एवं प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको पाँच दलिय गठबन्धन सरकारलाई निर्वाचन आयोगले प्रस्ताव गरेको मितिमै स्थानीय तहको निर्वाचन गर्न युवा संघले जोडदार माग गरेको छ ।
त्यस्तै भौतिक पुर्वाधार तथा यातायात मन्त्री रेणु यादवले जनमत पार्टीका अध्यक्ष सि.के. रावतलाई गौर हत्याकाण्ड जस्तै घेरा हालेर मार्ने भनि दिएको सार्बजनिक अभिव्यक्तिका कारण मन्त्रीलाई तत्काल पदमुक्त गरी कानुनी कारवाही गर्न पनि माग गरेको छ । साथै यस्ता अभिव्यक्तिले मानव अधिकार र कानुनी राज्य सँगै पदीय गरिमाको खिल्ली उडाएको राष्ट्रिय युवा संघका डोटी इञ्चार्ज रमेश सिंह ठकुरी र संयोजक गम बहादुर खत्रीद्वारा संयुक्त रुपमा हस्ताक्षरित ज्ञापन पत्रमा उल्लेख छ ।
त्यस्तै सरकारले २४ लाख कोरोनाको खोपको रेकर्ड राख्न नसकेको, सामान्य सिटामोल औषधीको चरम अभाव, पेट्रोलियम पदार्थ लगायत खाद्यान्नमा गरिएको मुल्यवृद्धिले गर्दा जनताको जिउज्यान र खाद्य अधिकारमाथि खेलबाड गरेको युवा संघको ज्ञापन पत्रमा उल्लेख छ ।
त्यस्तै महाकाली नदिमा भारतले एकपक्षिय रुपमा तटबन्ध गरि नदीको बहाब नेपाल फर्काउने कार्य बन्द गराउन सरकारले जोड दिनुपर्ने, नेपालको भूमि लिम्पीयाधुरा–कालापानी क्षेत्रमा भारतले निर्माण गरिरहेको सडक निर्माण कार्यमा तत्काल रोक लगाउनुपर्ने विषय जोडदार रुपमा उठाएको छ ।
राष्ट्रियता, स्वाधिनता, जनजीविका र नैतिक आचरणका विषयमा सरकारले तत्काल कार्यान्वयन नगरे राष्ट्रिय युवा संघले आन्दोलनको आँधीबेहरी निम्त्याउने चेतावनी पनि दिएको छ ।
ज्ञापन पत्र बुझ्दै डोटीका प्रजिअ बिष्टले यथाशिघ्र उक्त ज्ञापन पत्र सम्बन्धीत तहमा पठाईने प्रतिबद्धता जनाएका थिए ।

हेर्नुहोस विज्ञप्ती-

No description available.

Leave A Reply

Your email address will not be published.